२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

जनता र देशलाई केन्द्रविन्दूमा राखेर काम गनुपर्छः  प्रवक्ता महत


सञ्चार डबली
  • सोमबार, साउन ८ २०८०
  • 8.4K
    SHARES

  • images
    जनता र देशलाई केन्द्रविन्दूमा राखेर काम गनुपर्छः  प्रवक्ता महत

     

    काठमाडौ, ८ साउन ।  केन्द्रीय कमिटीको बैठकलाई जनतासँग जोड्ने नयाँ प्रयोग गरेको नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।  
    प्रेस युनियन रुपन्देहीले सोमबार बिहान आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री समेत रहेका प्रवक्ता महतले केन्द्रीय कमिटीको बैठकलाई कांग्रेसले जनतासँग जोड्न प्रत्यक्ष प्रशारणको नयाँ प्रयोग गरेको भन्दै त्यसबाट धेरै सकारात्मक प्रतिक्रिया आइरहेको बताए । 

    उनले नेपाली कांग्रेसभित्र के भइरहेको छ भनेर भ्रम र अन्योल सिर्जना गर्ने प्रयास हुन्थ्यो, तर प्रत्यक्ष प्रशारणसहितको बैठकले नेपाली कांग्रेसभित्रको यथार्थ स्थिति स्पष्ट भएको बताए । देशको समसामयिक मुद्दालाई सम्बोधन गर्दै समयानुकूल गतिशील कसरी बनाउने र पार्टीभित्र कसरी अनुशासन कायम राख्दै बैठकले जे निष्कर्ष निकाल्छ त्यसलाई सबैले अपनत्व ग्रहण गरेर अगाडि बढ्ने बैठकमा छलफल भएको पनि उनको भनाई छ । 

    केन्द्रीय सदस्य महतले गठबन्धन सरकारमा सुशासन केन्द्रविन्दू राख्नुपर्ने पार्टीको मान्यताका साथ जनता र देशलाई केन्द्रविन्दूमा राखेर काम गनुपर्ने बताए। 
    उनले भने, गठबन्धन सरकारमा सुशासन केन्द्रविन्दू राख्नुपर्ने पार्टीको मान्यता छ, यही मान्यतासँग उच्च मनोबलका साथ जनता र देशलाई केन्द्रविन्दूमा राख्नुपर्ने सर्भिस दिनुपर्छ ।’

    उनले तत्काल बजेट पुगेन, यता भएन, उता भएन जस्तो देखिन्छ, तर दीर्घकालमा परिणाम आउने गरी काम गरिरहेको भन्दै आवश्यक भएको सुधारका कार्यक्रम अगाडि बढाउने, अर्थतन्त्र चलायमान बनाएर राजस्वको आधार विस्तार गर्ने र राज्यको लगानी गर्ने क्षमता वृद्धि गर्नेतिर नै उन्मुख रहेको बताए । 
    मौद्रिक नीति ब्याजदरमा केही खुकुलोपन प्रस्ताव भएको भन्दै यसले निजी क्षेत्रमा जाने लगानी सहज हुने पनि उनको भनाई छ ।यस्तै, चालू नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सदस्यले बोल्ने क्रम आज सकिने र भोलिसम्म प्रस्ताव पारित गरिने पनि जानकारी पनि उनले दिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend