२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

इटली भ्रमणमा रहेका प्रधानमन्त्री दाहालद्वारा राजनीतिक भेटघाट सुरु


सञ्चार डबली
  • सोमबार, साउन ८ २०८०
  • 8.9K
    SHARES

  • images
    इटली भ्रमणमा रहेका प्रधानमन्त्री दाहालद्वारा राजनीतिक भेटघाट सुरु

     

    काठमाडौं, ७ साउन । इटली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँ राजनीतिक भेटघाट सुरु गरेका छन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका

    प्रधानमन्त्री दाहालले राजनीतिक भेटघाट सुरु गरेका हुन् । इटलीमा रहेका प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने भएका छन् । दुवै भेटवार्ता इटालीको राजधानी रोममा आज  हुने भियनास्थित नेपाली दूतावासले जनाएको हो ।

    दाहालले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेट हुनेछ । साथै, प्रधानमन्त्री दाहाल त्यहाँ रहँदा खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडीआईएफ)कार्यक्रमका अध्यक्षसँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री दाहालसँगै कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालसहितको टोली इटाली गएको छ । प्रधानमन्त्री दाहाल साउन १० गते राती स्वदेश फर्कने छन् । समिट जुलाइ २६ सम्म इटलीमा हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend