२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गोरखामा महिलालाई बलात्कार गरेको आरोपमा २७ बर्षका युवक पक्राउ


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 11.6K
    SHARES

  • images
    गोरखामा महिलालाई बलात्कार गरेको आरोपमा २७ बर्षका युवक पक्राउ

    गोरखा, ७ साउन । गोरखामा ३० बर्षका एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका वडा नम्बर.६ जुडीखोलाकी ३० बर्षकी महिलालाई यहीँ ३ गते राती अन्दाजी ११ः ३० बजेको समयमा बलात्कार गरेको आरोपमा २७ बर्षका नरेश तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी समेत रहनु भएका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    पक्राउ परेको तामाङले महिलालाई विभिन्न डर–त्रास, धाक–धम्की दिई जबरजस्ती करणी गरेको पिडितले दावी गरेको छ । घटना पछि पिडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।  पक्राउ परेका तामाङ आइतवार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend