२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सेयर बजारमा छायो उत्साह, ६३.३४ अंकले बढ्यो


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 10.5K
    SHARES

  • images
    सेयर बजारमा छायो उत्साह, ६३.३४ अंकले बढ्यो


    काठमाडौ, ७ साउन । मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा निकै उत्साह देखिएको छ । यसैको सकारात्मक प्रतिक्रियास्वरुपः आइतबार नेप्से सूचक ६३.३४ विन्दुले बढेर २२२७.१६ अंकमा आएको छ ।

    खरिदिबिक्री रकममा पनि नयाँ माहोल देखिएको छ । यस दिन ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

    मौद्रिक नीतिमार्फत सेयर बजारलाई राहत दिने घोषणा गरिएको छ । जसअनुसार सेयर धितो कर्जामा विद्यमान जोखिमभार घटाइने भएको छ । यस्तै, ब्याजदर घटाउँदै जाने नीति पनि लिइएको छ । यही कारण आइतबार सेयर बजारमा उत्साह थपिएको हो ।

    यस दिन २६६ कम्पनीको १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड ८१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ज्योति विकास बैंक र ग्लोलब आइएमई बैंक परेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend