२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आज २ अंक बढेको सेयर बजारमा घट्यो कारोबार रकम


सञ्चार डबली
  • सोमबार, फागुन ११ २०८२
  • 3.6K
    SHARES

  • images
    आज २ अंक बढेको सेयर बजारमा घट्यो कारोबार रकम

    ११ फागुन, काठमाडौं । लगातार घटेको तीन दिनपछि सोमबार सेयर बजार झिनो अंक बढेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४१ अंक बढेको छ । यसअघि हिजो २७.५९ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २६१६ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ ।

    अघिल्लो दिन ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ५ अर्ब १३ करोडको भयो । समग्र बजार बढ्दा पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १४० कम्पनीको मूल्य घट्दा ११३ को बढ्यो भने ९ को स्थिर रह्यो । बैंकिङ ०.२८, विकास बैंक ०.९०, फाइनान्स ०.५६, लगानी ०.३७, जीवन बीमा ०.०७ तथा अन्य ०.०८ प्रतिशत बढे ।

    त्यस्तै होटल तथा पर्यटन ०.३५, हाइड्रोपावर ०.२३, उत्पादन तथा प्रशोधन ०.०६, माइक्रोफाइनान्स ०.०७, निर्जीवन बीमा ०.२२ तथा व्यापार समूह ०.०३ प्रतिशत घटे ।

    साल्पा विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.२८, सपोर्ट माइक्रोफाइनान्सको ६.१०, नेपाल एसबीआई बैंकको ६, हिमस्टार ऊर्जा कम्पनीको ५.९६ प्रतिशत मूल्य बढ्यो ।

    मोलुङ हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ४.४१ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी, रिडी पावर, एसवाई प्यानल, सीईडीबी होल्डिङ्स, ङादी ग्रुप क्रमशः अगाडि रहे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend