२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पार्टीभित्र विरोध गर्ने काम रोक्नुपर्छ, एक मनले लाग्ने हो भने कांग्रेसलाई कसैले हटाउन सक्दैन : प्रकाशशरण महत


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 7.8K
    SHARES

  • images
    पार्टीभित्र विरोध गर्ने काम रोक्नुपर्छ, एक मनले लाग्ने हो भने कांग्रेसलाई कसैले हटाउन सक्दैन : प्रकाशशरण महत

     

    काठमाडौं, ७ साउन । अनावश्यक किसिमको गाली गर्ने र नियोजित किसिमबाट विरोध गर्ने काम गर्न नहुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश शरण महत्तको भनाई छ । आज कांग्रेसको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य महतले आम कांग्रेस एक मनले लाग्ने हो भने नेपाली कांग्रेसलाई कसैले हटाउन नसक्ने भन्दै त्यसको लागि पार्टीभित्र विरोध गर्ने काम रोक्नु पर्ने जिकिर गरेका छन् ।

    पहिलो कुरा अनावश्यक किसिमको गाली गर्ने, नेतृत्वलाई खुइल्याउने कुरा र सामाजिक सञ्जालबाट नियोजित किसिमबाट विरोध गर्ने कुरा र नभएको कुरा पनि भएजस्तो गरेर प्रस्तुत गर्ने कुरा कसैले पनि गर्नु हुदैँन्। हामी एक मनले लाग्ने हो भने नेपाली कांग्रेसलाई कसैले हटाउन सक्दैन् उनले भने ।

    पार्टीमा भएको कमि कमजोरीलाई सुधार गर्ने विचार लिएर पार्टी अगाडि बढ्नु पर्ने भन्दै त्यसको लागि अनुशासनको आवश्यकता भएको उनको भनाई छ । महतले नेपाली कांग्रेस खतम भईसक्यो, यसको भविष्य छैन् भन्ने मानसिकता भन्दा पनि उच्च मनोबलका साथ जनतामा जानुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend