२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नीतिगत रुपमै कानून बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको छ : शेखर कोइराला


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 10.4K
    SHARES

  • images
    नीतिगत रुपमै कानून बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको छ : शेखर कोइराला

     

    काठमाडौं, ७ साउन । नीतिगत रुपमै कानून बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले बताएका छन् । आज बसेको केन्दीय समितिको बैठकमा डा. कोइरालाले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गर्न माग गरका छन् ।

    उनले भने ‘ पछिल्लो दिनहरुको दण्डहीनता बढेर गएको छ। नीतिगत रुपमै कानून बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको छ । हाल संसदमा रहेको मुलुकी संघीयता सम्बन्धि केही नेपाली ऐन शंशोधन गर्न बनेको विद्येयक २०८० तत्काल खारेज गरिनुपर्छ र यो विद्येयक संसदबाट पारित भए देशमा दण्डहिनताले संस्थागत रुप लिन्छ ।

    जनताले दण्डहीनताको अन्य गर्न कांग्रेसले नेतृत्वदायी भुमिका खेलोस भन्ने चाहेको उनको भनाई छ । समाजवादी केन्द्र जस्तो गठबन्धन भित्र पनि अर्को गठबन्धन बनेको र त्यो कसको लागि बन्ेको त्यस प्रति विचार गर्नु पर्ने पनि कोइरालाले सुझाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend