२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

केही राजनीतिक दलले सत्ताको लागि देशको असंलग्न परराष्ट्र नीतिमा प्रहार गरे :  परराष्ट्र मन्त्री साउद


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 9.1K
    SHARES

  • images
    केही राजनीतिक दलले सत्ताको लागि देशको असंलग्न परराष्ट्र नीतिमा प्रहार गरे :  परराष्ट्र मन्त्री साउद


    काठमाडौं, ७ साउन । राजनीतिक दलले सत्ताको लागि देशको असंलग्न परराष्ट्र नीतिमा प्रहार गरेको नेपाली कांग्रसका केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री एनपी साउदले आरोप लगाएका छन् । पार्टी कार्यालयमा जारी केन्द्रीय सतितिको बैठकमा उनले सत्ता नपाएकै कारण राजनीतिक दल बौलाएको र असंलग्न परराष्ट्र नीतिमाथि प्रहार गरेको बताएका छन् ।

    उनले भने ‘आज आर्मी जस्ता सस्थाहरुमा केही पार्टीहरुले आक्रमण गरिरहेका छन् । मुलुकको असंलग्न परराष्ट्र नीति र विदेशी सम्बन्ध माथि प्रहार गर्ने काम भैरहेको छ । सत्ता नपाएर बौलाएको जस्तो अवस्था अहिले देखिएको छ ।’ त्यस्तै, उनले नक्कली भूटानी शरणार्थी प्रकरमा मुछिएका बालकुष्ण खाँणलाई हतारमा कारवाही गर्न नहुने भन्दै बचाउ गरेका छन् ।

    प्रत्यक्ष प्रमाण भेटिए तत्काल कारवाही गर्नुपर्ने तर, प्रमाणित नभएको विषयमा अदालतको निर्णय कुर्नुपर्ने भन्दै उनले भने,‘यदि कुनै मान्छे छानविनको प्रकृयामा भाग्यो भने पार्टीबाट तत्काल निकाल्दिए हुन्छ । तर, छानविनको प्रकृयामा अगाडि बढ्ने ठाउँमा अनुसन्धानको प्रकृयामा पार्टीले सहयोग गर्नुपर्छ ।त्यसमा अदालतको निणर्य पर्खिनुपर्छ ।अदालतको निर्णय नपर्खिकन हतारमा पार्टीमा एक दुई जनाको कुरा मात्र होइन् समग्र रुपमा बाहिर केही मान्छेले पत्रिकामा लेखेको आधारमा कारवाही गर्ने हो भने यसले पार्टीको हित गर्दैन् ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend