२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सरकारले गर्यो ६४ जनाको इन्स्पेक्टर तहमा बढुवा


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 8.5K
    SHARES

  • images
    सरकारले गर्यो ६४ जनाको इन्स्पेक्टर तहमा बढुवा

     

    काठमाडौ, ७ साउन । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहमा बढुवा गर्न सिफारिस गरेको छ । शनिवार बसेको बढुवा समितिको बैठकले विभिन्न जिल्लामा कार्यरत ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई एकै पटक प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

    प्रहरी नियमावली २०७१ (संसोधन सहित)को नियम २७ को उप–नियम ४ अनुसार ६४ जनालाई इन्स्पेक्टर तहमा बढुवाको लागि सिफरिस गरेको बढुवा समितिले जनाएको छ ।

    सार्वजनिक सूचीअनुसार नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक दोस्रो र नेपाल प्रहरी प्रधान कार्यालयका किरण घिमिरे तेस्रो नम्बरमा सिफारिसमा परेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend