२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

युक्रेनले गर्यो रुसको रेल स्टेशनलगायतमा ड्रोन आक्रामण


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 8.7K
    SHARES

  • images
    युक्रेनले गर्यो रुसको रेल स्टेशनलगायतमा ड्रोन आक्रामण

     

    काठमाडौं, ७ साउन । युक्रेनले रुसी सहरमा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट युक्रेनले रूसी गोला बारुद डिपोलाई विस्फोट गराएको थियो, जसले क्षेत्रमा अराजकता पैदा गरेको छ । यसअघि रुसले युक्रेनको विभिन्न क्षेत्रमा गोली हानाहान गरेको थियो । रुसी आक्रमणमा दुई जनाको मृत्यु भएको थियो । जवाफमा युक्रेनले ड्रोन आक्रामण गरेको हो ।

    विदेशी सञ्चारमाध्यमका अनुसार युक्रेनी ड्रोनले क्रिमियाको ओक्ट्याब्रस्की सहरको रेलवे स्टेशन नजिकै ड्रोन हमला गरेको थियो। जसका कारण पुरै आकाश कालो धुवाँले ढाकेको थियो ।

    क्राइमियाका प्रमुख सर्गेई अक्स्योनोभले शनिबार ड्रोनले हतियार भण्डारण केन्द्रमा आक्रमण गरेको बताए। आक्रमणले ५ किलोमिटरको दायरा भित्र रहेका सबैलाई बाहिर निकालेको थियो। रेलवे स्टेशन नजिकै आक्रमण भएको हुनाले यसका कारण धेरै रेलहरू पनि अवरुद्ध हुन पुगेका छन । यद्यपी अहिलेसम्म कसैको हताहतीको जानकारी आएको छैन ।

    साथै, खार्किभको वेलिकी बुर्लुकमा एक ३० वर्षीय पुरुष घाइते भएका छन्। खार्किभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह सिनिहुबोभले युक्रेनी लडाकुहरू कुप्यान्स्क वरपरको क्षेत्रमा दृढतापूर्वक प्रवेश गरेको बताए।

    विदेशी सञ्चारमाध्यमका अनुसार उता रुसले भने शनिबार खार्किभ क्षेत्रको कुप्यान्स्क सहरमा आक्रमण गरेको थियो । गोली लागेर ५७ वर्षीया वृद्धाको मृत्यु भएको छ । यसबाहेक रुसी सेनाले पनि ड्भोरिचना सहरमा गोली चलाएको थियो। यहाँ ४५ वर्षीय नागरिकको मृत्यु भएको छ । तर, एक वृद्ध अस्पतालमा भर्ना भएर जीवनको लडाइँ गरिरहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend