२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माओवादीका नेताहरु भाजपाको निमन्त्रणमा आज भारत भ्रमणमा जाँदै


सञ्चार डबली
  • आइतबार, साउन ७ २०८०
  • 9.0K
    SHARES

  • images
    माओवादीका नेताहरु भाजपाको निमन्त्रणमा आज भारत भ्रमणमा जाँदै

     

    काठमाडौं, ७ साउन । आज नेकपा (माओवादी केन्द्र) का नेताहरु भारत भ्रमणमा जाँदैछन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादी नेताहरु भारत भ्रमणमा जान लागेका हुन ।

    माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालका नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा आज निस्कन लागेका हुन । माओवादी केन्द्रका अनुसार भुषालको नेतृत्वमा जाने पाँच सदस्य टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन् ।

    भाजपाले संसारभरीका पार्टीहरुसँग सबन्ध विस्तार गर्ने योजना अन्तर्गत माओवादी केन्द्रलाई औपचारिक रुपमा निम्तो दिएको हो । भारत भ्रमणको क्रममा माओवादी नेताहरुले नयाँदिल्लीस्थित भाजपाको मुख्यालयको अवलोकन तथा भाजपा पार्टीका बारेमा जानकारी लिनेछन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend