२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुन तस्करीमा नेताहरु संलग्न हुन्छन भन्ने आरोप निराधार :  वामदेव गौतम


सञ्चार डबली
  • शनिबार, साउन ६ २०८०
  • 9.2K
    SHARES

  • images
    सुन तस्करीमा नेताहरु संलग्न हुन्छन भन्ने आरोप निराधार :  वामदेव गौतम


    काठमाडौं, ६ साउन । सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको राष्ट्रिय सभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले बताएका छन् । आज काठमाडौंमा आयोतिज साक्षात्कारमा नेता गौतमले सुन तस्करीमा नेताहरु संलग्न हुन्छन भन्ने आरोप निराधार भएको दावी गरे । उनले हरेक अपराधमा हचुवाको भरमा नेताहरुको नाम जोड्न गरिएको छ गुनासो पनि गरेका छन् ।

    उनले भने–‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन् । यो गलत कुरा हो । कति ठाउँ बलात्कार हुन्छ ? राजनीतिक संलग्नता हुन्छ त ? कति ठाउँमा चोरी हुन्छ ? अनि के राजनीतिक संलग्नता हुन्छ ? कति ठाउँ बाटाघाटामा मानिसहरु मार्दैै हिँड्छन् ? त्यहाँ राजनीतिक संलग्नत हुन्छ त ? हरेक दलका नेताहरु त्यहाँ उपस्थित् भएका छन् ? कमचारीमात्रै उपस्थित् छन् । राजनीतिक संलग्नता भएको भए उनीहरुले भन्लान् नि ।’

    उनले आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको दाबी पनि गरे । उनले भने,‘म पहिलोपटक ०५४ सालमा गृहमन्त्री भएँ, म मन्त्री हुँदासम्म सुन काण्ड भएन । सुन काण्ड पछि उब्जियो । मन्त्रीबाट हटेपछि उब्जियो । बरु म सरकारमै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरु उठाईए । र, अन्तिममा मलाई त्यही शक्तिले सरकारबाट हटायो, म त्यो बेला ७ महिनामात्रै मन्त्री भएको हुँ ।’

    अहिलेको पछिल्लो सुन काण्डबारे के भन्नुहुन्छ ? एयरपोर्टमा प्रहरीको भूमिकालाई लिएर सोधिएको एक प्रश्नमा ? गौतमले विमानस्थलमा प्रहरीको भूमिका सुरक्षासँग मात्रै सम्बन्धित रहेको सुनाए ।
    राजनीतिक नेतृत्वको संलग्नताविना यत्तिको मात्रामा सुन भित्रिन सक्छ त ? भन्ने अर्को प्रश्नमा उनले यसको विषयमा गम्भीर छानबिनको आवश्यकत्ता औंल्याए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend