२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

विश्वमा कम्युनिष्ट आन्दोलन खस्कदा नेपालको कम्युनिष्ट आन्दोलन भने हराभरा र निर्णायक बन्दै : पम्फा भुसाल


सञ्चार डबली
  • शनिबार, साउन ६ २०८०
  • 9.5K
    SHARES

  • images
    विश्वमा कम्युनिष्ट आन्दोलन खस्कदा नेपालको कम्युनिष्ट आन्दोलन भने हराभरा र निर्णायक बन्दै : पम्फा भुसाल


    काठमाडौं, ६ साउन । संसारभर कम्युनिष्ट आन्दोलन खस्किदो अवस्थामा रहेको बेला नेपालको कम्युनिष्ट आन्दोलन भने हराभरा र निर्णायक बन्दै आएको नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुसालले बताएकी छन् ।

    काठमाडौंमा आयोजित ‘समाजवाद,वहस र संघर्ष’ नामक पुस्तक विमोचन कार्यक्रममा नेतृ भुसालले नेपालमा कम्युनिष्ट आन्दोलन झनै मौलाउँदै गएको बताइन् । उनले समकालीन विश्वमा कम्युनिष्ट आन्दोलन प्रतिकूल अवस्थाबाट गुज्रिरहेको बेला नेपालमा भने कम्युनिष्ट आन्दोलन हराभरा अवस्थामा रहेको जिकिर गरिन् ।

    उनले भनिन्,‘हामी विश्वको सानो देश तर, कम्युनिष्ट आन्दोलनको हिसावले समकालीन दूनियाँमा कम्युनिष्ट आन्दोलन प्रतिकुल अवस्थाबाट गुज्रिरहेको अवस्थामा पनि नेपालको कम्युनिष्ट आन्दोलन हराभरा र आफ्नो मार्गबाट अगाडि बढेको गौरवपूर्ण इतिहाँस छ ।

    २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएदेखि हरेक आन्दोलनमा कम्युनिष्ट आन्दोलनको भूमिका सात सालमा अलि सहायक जस्तो र त्यो यता संघीय गणतन्त्रको स्थापनासम्म आउँदा कम्युनिष्ट आन्दोलनको भूमिका निर्णायक छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend