२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राष्ट्र बैंक अगाडि लघुवित्तिय संस्था पीडितको प्रर्दशन


सञ्चार डबली
  • शनिबार, साउन ६ २०८०
  • 9.7K
    SHARES

  • images
    राष्ट्र बैंक अगाडि लघुवित्तिय संस्था पीडितको प्रर्दशन


    काठमाडौं, ६ साउन । लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति नेपाल केन्द्रिय समितिले पीडितले न्याय पाउनु पर्ने मागगर्दै राष्ट्र बैंक अगाडि प्रर्दशन गरेको छ ।समितिका सदस्यले तथा पीडितले शनिबार राष्ट्रिय बैंक अगाडि प्रर्दशन गर्दै सरकारले आफ्ना माग पुरा नगरे थप आन्दोलन गर्ने चेतावनी दिए । प्रर्दशनमा सहभागिहरुले सरकारले गैर कानूनी रुपमा सरकारमा सहभागिहरुले नै आफूहरुलाई ऋण लिन बाध्य बनाएको आरोप लगाए ।

    प्रर्दशनमा सहभागिहरुले सरकारका प्रतिनिधिले नै, आफूहरुलाई अनावश्यक दुख दिएको तर्क गरे । पीडित विष्णु माया बुढाथोकीले, बाध्य पारेर किड्नी माग्ने, आँखा माग्ने जीउँदो मान्छेको मृत्यु दर्ता माग्ने गरिएको आरोप लगाइन् ।

    उनले भनिन् ‘यो बार तोडियोस् हामी त्यही गएर, मृत्यु दर्ता बुझाउँछौं हामी सबैको । नेपालका दिदी बहिनीहरु नेपाल सरकारका जनता होइनन् भने देखाइयोस् हाम्रो सरकार । कहाँ छ हाम्रो सरकार ? हामी पीडित यहाँ छौं अन्धो सरकार कहाँ छ ? ’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend