२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कांग्रेसविरुद्ध सामाजिक सञ्जालमा नियोजित प्रचार भैरहेको छः अर्थमन्त्री महत


सञ्चार डबली
  • शनिबार, साउन ६ २०८०
  • 9.2K
    SHARES

  • images
    कांग्रेसविरुद्ध सामाजिक सञ्जालमा नियोजित प्रचार भैरहेको छः अर्थमन्त्री महत

     

    काठमाडौं, ६ साउन । नेपाली कांग्रेसको बारेमा नियोजित रुपमा पार्टीभित्रैबाट र सामाजिक सञ्जालमार्फत गालीगलौंचसहित नकारात्मक प्रचार गरिएको अर्थमन्त्री डाक्टर प्रकाश शरण महतलेबताएका छन् । यस्तो अवस्थामा अब पार्टी चुप लागेर बस्न नहुने धारणा उनको छ ।

    ललितपुरको धापासीमा आयोजित वीपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारेर आयोजना गरेको वृक्षरोपण कार्यक्रममा मन्त्री महतले वीपीले सत्यको पक्षमा बोल्न अभिपे्ररित गरेको उल्लेख गरे । उनले सत्यको पक्षमा लाग्न वीपीबाट प्रेरणा लिनुपर्ने बताएका छन् ।अहिले असाधारण रुपमा कांग्रेसको व्यक्ति,प्रवृति र कार्यको विरोध सामाजिक सञ्जाल लगायत पार्टी भित्रैबाट भैरहेको भन्दै कांग्रेस चुप लागेर बस्न नहुने र आफ्ना स्पस्ट धारणा राख्नुपर्ने उनको भनाइ छ ।

    अहिले कांग्रेसको नियोजित पार्टी,प्रवृति,कार्यशैली लगायका विविध विषयमा सामाजिक सञ्जालबाट प्रहार भएको आरोप लगाउँदै उनले भने, ‘अहिलेत झुटोको थुतुनो चलिराको छ ।सामाजिक सञ्जालमा चोर भन्द्या छ,यिनीहरु फटाहा हुन् भन्देको छ,कांग्रेस खत्तम हो, कांग्रेसको फलानो त झन फटाहा हो भन्देको छ,नियोजित प्रचार भएको छ । अव सत्य नबोलेर चुपो लागेर बस्ने हो भने के हुन्छ रुचुप लागेर त्यसलाई प्रतिकार नगर्ने हो भने,आफ्ना कुराहरु नराख्ने हो भने झुटोको साम्राज्य स्थापित हुन्छ ।’

    मन्त्री महतले सामाजिक सञ्जालमा अनेकौं झुटो प्रचार हुने गरेको भन्दै त्यसको प्रतिकार नगरेर चुप लागेर बस्ने भए सत्यको पराजय हुने भन्दै वीपीको भनाईबाट सिकेर सत्यको पक्षमा बोल्न छोड्न नहुने धारणा राखे ।
    ‘

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend