२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बलेफी हाइड्रोपावर लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर संशोधन


सञ्चार डबली
  • शनिबार, साउन ६ २०८०
  • 9.4K
    SHARES

  • images
    बलेफी हाइड्रोपावर लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर संशोधन

     

    काठमाडौं, ६ साउन । बलेफी हाइड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर संशोधन गरेको छ । यस कम्पनीको बसेको सञ्चालक समितिको बैंठकले बैंकको ऋण तिर्न नपुग्ने भएपछि संशोधन गरेर शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले अब १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ ।

    उक्त प्रस्ताव कम्पनीको वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गरिनेछ । कम्पनीले माथिल्लो बलेफी–ए जलविद्युत आयोजनाको बैंक कर्जा चुक्ता गर्ने उद्दयश्यले हकप्रद जारी गर्ने लागेको जनाएको छ ।

    साधारणसभाबाट प्रस्ताव पारित भएपछि थप प्रक्रिया अघि बढ्नेछ । यसअघि कम्पनीको गत फागुन १२ गते बसेको सञ्चालक समितिको बैंठकले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend