२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बेलायतबाट नेपालमा बाल अस्पताल निर्माण गर्न २३ लाखभन्दा बढी सहयोग


सञ्चार डबली
  • शनिबार, साउन ६ २०८०
  • 10.1K
    SHARES

  • images
    बेलायतबाट नेपालमा बाल अस्पताल निर्माण गर्न २३ लाखभन्दा बढी सहयोग

     

    काठमाडौं, ६ साउन । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाको नेतृत्वमा नेपालमा शुरु गरिएको बाल अस्पताल निर्माण परियोजनाका लागि बेलायतबाट रु २३ लाखभन्दा बढी सहयोग संकलन भएको छ।

    गत जुलाई ८ तारिख अल्डर शटमा आयोजित च्यारिटी डिनरबाट खर्च कटाएर १३,७७१.८० पौण्ड बचत भएको च्यारिटी डिनर आयोजक समितिका एक सदस्य चार्टर्ड एकाउन्टेन्ट सचिन श्रेष्ठले बताए।

    यसबाहेक नेप्लिज डक्टर्स एसोसियशन युकेले उक्त परियोजनाका लागि ५,००५ पौण्ड सहयोग प्रदान गरेको छ भने हेल्थ एक्सचेन्ज नेपालले खोलेको जस्ट गिभिंग पेजबाट ६,००० पौण्ड संकलन भैसकेको छ । तमु धी युकेले रु एक लाख सहयोग गरेको थियो। यसरी अहिलेसम्म रू २३ लाखभन्दा बढी जम्मा भैसकेको श्रेष्ठले बताए।


    यसैगरी नेप्लिज एकाउनटेन्टस एसो सियसन यु के तथा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी)  ले पनि सहयोग संकलन गरिरहेका छन्। सहयोग संकलन हुने क्रम जारी छ।

    डा कोइराला अध्यक्ष रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) ले नेपालका सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ। काठमाडौंको हेपाली हाइटमा बाल अस्पताल निर्माणाधीन छ भने दमकमा निर्माण भै रहेको अस्पतालले सेवा शुरु गरिसकेको छ।


    कार्यक्रममा नेप्लिज डक्टर्स एसोसिएसन यूके र कियोचबीच तालिम, प्रशिक्षण, सीप हस्तान्तरण लगायत क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी एक समझदारी पत्रमा पनि हस्ताक्षर गरिएको थियो।

    यस अघि ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुखको कार्यालयमा आयोजित एक कार्यक्रममा सभामुख सर लिन्ड्से होयलले डा कोइरालाको कामबारे सुनेर आफू निकै प्रभावित भएको बताएका थिए । उनले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताउंदै नेपालमा बाल अस्पताल निर्माण परियोजनालाई सघाउन सबैलाई आग्रह गरेका थिए।

    फ्रेन्ड्स अफ कियोच युकेका संयोजक ओजेश सिंहले नेपालमा निर्माणाधीन अस्पताल परियोजनालाई सघाउने बेलायत निवासी सबै मनकारी नेपालीहरुलाई हार्दिक धन्यवाद दिएका छन्। उनले उक्त परियोजनालाई सफल बनाई सातै प्रदेशमा बालबालिकाहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा पुराउने यो अभियानलाई तन, मन र धनले सघाउन अपिल पनि गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend