२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको मौसम : देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना,थोरै स्थानमा बिहानैदेखि वर्षा


सञ्चार डबली
  • शनिबार, साउन ६ २०८०
  • 19.8K
    SHARES

  • images
    आजको मौसम : देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना,थोरै स्थानमा बिहानैदेखि वर्षा

    शनिबार, साउन ६, २०८०
    काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।  

    जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

    हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend