२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ललिता निवास प्रकरण : सञ्चारसचिव राउत सहित चारजनाको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै


सञ्चार डबली
  • शुक्रबार, साउन ५ २०८०
  • 8.9K
    SHARES

  • images
    ललिता निवास प्रकरण : सञ्चारसचिव  राउत सहित चारजनाको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै

    शुक्रबार, साउन ५, २०८०

    काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतसहित चारजनाको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ ।

    उक्त रिट बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा ‘हेर्दाहेर्दै’मा परेको थियो । यही साउन १ गतेदेखि उक्त रिटमाथि लगातार चार दिनसम्म सुनुवाइ भए पनि हेर्दाहेर्दैमा परेको छ ।

    ललितानिवास प्रकरणमा गैरन्यायिक थुनामा राखिएको भन्दै सचिव राउतसहित पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend