२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

तथ्यलाई आत्मसाथ गरेर कानून उल्लंघ गर्नेलाई नछोड्ने : गृहमन्त्री श्रेष्ठ


सञ्चार डबली
  • बिहीबार , साउन ४ २०८०
  • 9.2K
    SHARES

  • images
    तथ्यलाई आत्मसाथ गरेर कानून उल्लंघ गर्नेलाई नछोड्ने : गृहमन्त्री श्रेष्ठ

     

    काठमाडौ, ४ साउन । कानून उल्लंघन गर्ने जो कोहीलाई पनि छुट नदिने उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बताएका छन् । गृहमन्त्रालयले उपभोग्य वस्तु तथा सेवासंग सम्बन्धित पैठारी, भन्सार दर, भन्सार छली, अनुगमन लगायतका विषयमा देखिएका समस्याहरुको समाधानका लागि सरोकारवालासंग गरेको अन्र्तक्रियामा उनले नियामक निकायलाई प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता जनाएका छन् ।

    उनले भने, ‘हामी अनुगमन प्रक्रिया र संयन्त्रलाई कसरी प्रभावकारी बनाउँने, दैनिक भैरहेका कालाबजारीलाई कसरी नियन्त्रण गर्ने, नक्कली वस्तुलाई कसरी नियन्त्रण गर्नेदेखि लिएर उपभोक्ताले कसरी गुणस्तरीय सामान सहज ढंगले उचित मूल्यमा पाउन सक्छन् भन्ने कुरालाई केन्द्रमा राखेर काम गर्ने छौं र यो कामलाई प्रभावकारी रुपमा सफल बनाउनेतिर लैजानै पर्छ। त्यसका लागि सरकारी निकायले जोजोसंग समन्वयन गरेर काम गर्न पर्नेछ हामी समन्वयात्मक रुपमा काम गर्ने छौं ।’

    त्यस्तै उनले उपभोक्ता ठगिने गरेको तथ्यलाई आत्मसाथ गरेर आवश्यक कानून उल्लंघ गर्नेलाई नछोड्ने र उपभोक्ताको अधिकारलाई केन्द्रमा राखेर प्रभावकारी रुपमा समस्या समाधानका लागि कार्य गर्नुपर्ने आवश्यकता रहेको बताए । समन्वयको अभावमा परिणाममुखि काम हुन नसकेको उनको भनाई छ । उनले सरोकारवालासंग थप छलफल गरेर प्रभावकारी कदम चाल्ने प्रतिवद्धता जनाए ।

    ‘यो पुरा भएको छैन् फेरी निरन्तरता दिन्छौं । उपभोक्तालाई केन्द्रमा राखेर अगाडि बढाउँछौं । जुनजुन समुदायमा अप्ठेरो वा कुनै पनि प्रकारको समस्या उत्पन्न भएका छन् त्यसलाई समाधान गर्ने तर जहाँजहाँ कानूनको उल्लंघन र व्यथिती भएको छ,त्यसलाई छुट नदिने गरि हामीले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता छ । ’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend