२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एफपीओ निष्कासन गर्दै सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था


सञ्चार डबली
  • बिहीबार , साउन ४ २०८०
  • 16.0K
    SHARES

  • images
    एफपीओ निष्कासन गर्दै सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था

     

    काठमाडौ, ४ साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको ४६ हजार ७२९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । संस्थाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा एफपीओ जारी गर्न लागेको छ ।

    जसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धकमा नियुक्तको लागि भएको सम्झौतामा सूर्योदय वोमी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेको हुन् ।

    लघुवित्तले ११ औं वार्षिक साधारणसभाले निर्णय गरेअनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर यस कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तमा हाल संस्थापक सेयरको हिस्सा ७०।३ प्रतिशत ६ र सर्वसाधारणको सेयर स्वामित्व २९.६४ प्रतिशत छ । लघुवित्तले सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत पुर्‍याउनको लागि एफपीओ जारी गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend