२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुन प्रकरणः  प्रहरी र सरकारी अधिकारीको समेत मिलेमतो रहेको छः सांसद रायमाझि


सञ्चार डबली
  • बिहीबार , साउन ४ २०८०
  • 8.9K
    SHARES

  • images
    सुन प्रकरणः  प्रहरी र सरकारी अधिकारीको समेत मिलेमतो रहेको छः सांसद रायमाझि

     

    काठमाडौ,  ४ साउन ।  सय केजी सुन प्रकरणमा प्रहरी र सरकारी अधिकारीको समेत मिलेमतो रहेको राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझिले बताएका छन् । आज राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद रायमाझिले भन्सार कर्मचारी र प्रहरीको मिलेमतो नभई यस्तो ठुलो परिणाममा सुन भित्र्याउने कुरा सम्भव नै नभएको बताएका छन् । प्रहरी र कर्मचारीले सुन ल्याउने बेला के हेरिहेका थिए भन्दै उनले आम नागरिकले सामान्य घडि लगाउँदा कराउने डिटेक्टर किन कराएन भने । 

    ‘ललिता निवासको काण्डमा एउटा टिप्पणी उठाएको अधिकृतलाई वीस वर्षपछि टिप्पणी उठाउ भनेर आदेश गर्दा छानविन गर्न सक्ने नेपाल प्रहरी आज १०० किलो सुन निकाल्दा नेपालको प्रहरी कहाँ गएको थियो । भन्सारको कर्मचारीको मिलेमतो विना हुन्छ ? प्रहरीको मिलेमतो विना हुन्छ यो चिज । सम्भव छैन् ।’लाज हुन्छ कि हुदैन् ? सरकार चलाउँदै छौं कि तस्करी गर्दैछौं भन्दै उनले सरकार संचालन गर्नेहरुलाई समेत प्रश्न सोधे 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend