२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको फलफूल तथा तरकारीको मूल्य, सबै भन्दा सस्तो लोकल बन्दा


सञ्चार डबली
  • बिहीबार , साउन ४ २०८०
  • 8.2K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको मूल्य, सबै भन्दा सस्तो लोकल बन्दा

    काठमाडौ, ४ साउन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८०, टनेल गोलभेडा सानो ६५, भारतीय प्याँज सुकेको प्रतिकेजी मूल्य ५०, घिउ सिमी लोकल ४०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४६, भारतीय आलु रातो ३५, लौका ५० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

    डल्ले च्याँउ प्रतिकेजी ३४० रुपैयाँ, गाँजर ११०, बन्दा लोकल १० , मूला रातो ३०, भन्टा लाम्चो ४०, मकै बोडी ५०, टाटे सिमी १५०, ब्रोकाउली ९०, कागती ११० रुपैयाँ, भिण्डी रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ७०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २७० रूपैयाँ रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार केरा दर्जन १५०,अनार ३८० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ,हरियो अंगुर ४५०, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

    यस्तै, मालदह आँप १५०, हरियो धनिया ८०, छ्यापी सुकेको १४०, खु्र्सानी सुकेको ४५०, लसुन २६०, चाइनिज लसुन २५०, रुख कटहर ३५, भेडे खुर्सानी ७० रूपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend