२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान, १० दिन भित्र उजुरी दिईसक्नु पर्ने


सञ्चार डबली
  • बिहीबार , साउन ४ २०८०
  • 8.8K
    SHARES

  • images
    प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान, १० दिन भित्र उजुरी दिईसक्नु पर्ने

     

    काठमाडौं, ४ साउन । सरकारले हालै बिभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान भएको छ । संघीय संसदको अन्तरगतको संसदीय सुनुवाइ समितिले आज उनीहरु विरुद्ध उजुरी आह्वान गरेको हो ।

    समितिले आज जारी गरेको सूचना अनुसार सरकारले हालै सिफारिस गरेका व्यक्तिहरु राजदूत नियुक्त गर्न उपयुक्त छन कि छैनन ? भन्ने लागेमा आधार र सबुदसहित उजुरी दिन भनिएको छ ।

    आज प्रकाशित सुचना अनुसार उजुरीकर्ताले अबको १० दिनभित्र लिखित रुपमा उजुरी दिइसक्नु पर्ने छ । उजुरी दिने व्यक्तिले नाम, थर, वतर र सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ । तर, उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिने जारी सुचनामा जनाईएको छ ।

    सरकारले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि लोकबहादुर थापा, स्विट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधिर भट्टराई, कुवेतका लागि घनश्याम लम्साल, यूएईका लागि तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि धनबहादुर वलीलाई राजदुतका लागि हालै सिफारिस गरेको थियो ।सरकारले सिफारिस गरेका ब्यक्तिहरुमा परेको उजुरी छानबिन र सोधपुछ पछि समितिवाट अनुमोदन भएमा मात्रै उनीहरुको नियुक्ती हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend