२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 बाढी र पहिरोले घर पुरिँदा जम्मु काश्मिरमा आठ जनाको मृत्यु


सञ्चार डबली
  • बिहीबार , साउन ४ २०८०
  • 8.0K
    SHARES

  • images
     बाढी र पहिरोले घर पुरिँदा जम्मु काश्मिरमा आठ जनाको मृत्यु

     

    काठमाडौं, ४ साउन । दक्षिण पश्चिम मनसुनका कारण लगातारको अविरल वर्षा र पहिरोले पहाडदेखि तराईसम्मको जनजीवन प्रभावित भएको छ । भारतको जम्मुमा भारी वर्षाका कारण आएको पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु भएको छ ।

     हिमाली क्षेत्रमा वर्षाका कारण दिल्लीमा यमुनाले फेरि खतराको निशान पार गरेको छ । हिमाचल प्रदेशदेखि उत्तराखण्ड, पश्चिम उत्तर प्रदेश, महाराष्ट्र, कोंकण र गुजरातसम्म भारी र भीषण वर्षाले जनधनको क्षति गरेको छ । हिमाचल–उत्तराखण्डमा झण्डै एक हजार सडक बन्द छन् ।
     
    जम्मुको कठुआ तहसीलमा पहिरोका कारण दुर्घटना भएको हो । मृत्यु हुने सातै जना एकै परिवारका रहेको बताइएको छ । बुधबार बिहान पहिरो गएपछि मानिसहरु निदाइरहेका थिए । 

    रामबन र बनिहालको बीचमा पहिरो र चट्टान खसेको कारण जम्मू श्रीनगर राष्ट्रिय राजमार्ग छ घण्टा भन्दा बढी बन्द भएको थियो। यसैबीच हिरानगर क्षेत्रको दयालाचक र चडवल बीचको तरनाह नालाको पुलमा दरार परेपछि जम्मु–पठानकोट राजमार्ग अनिश्चितकालका लागि बन्द भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend