२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

समाचार भारत बसाईका क्रममा भारत र चीनका अर्थमन्त्रीबीचको भेटवार्ता निक्कै उपलब्धिपूर्ण : अर्थमन्त्री महत


सञ्चार डबली
  • बुधबार, साउन ३ २०८०
  • 9.9K
    SHARES

  • images
    समाचार भारत बसाईका क्रममा भारत र चीनका अर्थमन्त्रीबीचको भेटवार्ता निक्कै उपलब्धिपूर्ण : अर्थमन्त्री महत

    काठमाडौ, ३ साउन । भारत बसाईका क्रममा भारत र चीनका अर्थमन्त्रीबीचको भेटवार्ता निक्कै उपलब्धिपूर्ण रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतलले बताएका छन् । भारतको गुजरातमा जी ट्वेन्टी अर्थमन्त्री तथा गर्भनरहरुको बैठकमा सहभागि भएर फर्किने क्रममा त्रिभूवन विमानस्थलमा पत्रकारसंग कुरागर्दै उनले नेपालको अर्थतन्त्रको विकासका लागि सकरात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

    उनले भने ‘एउटा त जी २० को प्लेटफर्ममै दुई दिन सम्म प्रत्यक्ष सहभागि भएर हाम्रो पक्ष राख्ने अवसर पायौं भन्देखि अर्कोतर्फ, भारतीय र चीनियाँ अर्थमन्त्रीसंग भेटघाट गरेर दुई पक्षीय विकास सम्बन्धको बारेमा लगानीको विषयमा व्यापारको विषयमा छलफल गर्ने अवसर पाइयो । त्यस्तै गुजरातका व्यवसायीसंग पनि र नेपालीहरुसंग पनि लगानीबारे छलफल गर्न पाइयो तसर्थ भ्रमण उपलब्धिपूर्ण रह्यो भन्ने मलाई लाग्छ । ’

    देशको सिमा भित्र कर राजस्वलाई सम्हाल्न सक्ने अवस्था चै कमजोर भैरहेको भन्दै उनले, डिजिटल पे मेन्टलाई कसरी व्यवस्थित गर्ने, दिगो विकासमा अन्तराष्ट्रिय सहायता कसरी बढाउने र मुल्य वृद्धीबाट मानिसमा परेको असरबाट कसरी छुटकारा पाउने भन्ने विषयमा व्यापक छलफल भएको बताए ।

    जी–२० बैठकमा विकसित र अल्प विकसित राष्ट्रहरुको समूह हो, मन्त्री डा. महतले भन्नुभयो, ‘नेपाल जी–२० को सदस्य होइन, तर आमन्त्रण गरेको हुनाले कम विकसित देशहरुको समस्या जी–२० को फोरममा राख्ने महत्वपूर्ण अवसर प्राप्त भयो । यस विषयमा सोमबार र मंगलबार लगातार ५–६ वटा विषयमा छलफल भयो । ’सो बैठकका क्रममा महतले भारतीय समकक्षी निर्मला सितारमण र चीनियाँ समकक्षी लिउ कूनबीच द्विपक्षीय साईडलाइन बैठक गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend