२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

काठमाडौं महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदन, सार्वजनिक जग्गा मिचेको ठहर


सञ्चार डबली
  • बुधबार, साउन ३ २०८०
  • 9.6K
    SHARES

  • images
    काठमाडौं महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदन, सार्वजनिक जग्गा मिचेको ठहर

     

    काठमाडौ, ३ साउन । काठमाडौंको अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको भवन महानगरपालिकाले भत्काएको छ । महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेकाले भन्दै महानगर प्रहरीले उक्त संरचनामा डोजर चलाइएको बताए ।

    उनले भने, यो सार्वजनिक जग्गा हो,यस्ता जग्गामा रहेको संरचना भत्किन्छ । कानूनी राज्यमा कानूनी व्यवस्था यहि हो । भावनामा बग्ने छुट हामीलाई छैन् । वृद्धहरुको कोही छैन्, आफ्नो कोही छैन भने हामी मानव आश्रम सेवामा लगेर राख्ने व्यवस्था मिलाउँछौं । ’

    नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न अल्टिमेटम दिएको थियो । तीनभित्र पनि उक्त भवन खाली नगराएपछि नगरप्रहरीले डोजर चलाएको महानगरले जनाएको छ ।सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ । उक्त भवनमा आश्रम सञ्चालन गरिराखेको थियो । त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको थियो । यो आश्रम २०६२ सालेखि सञ्चालन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend