२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको लागि विदेशी मुद्राको विनिमयदर कति ?


सञ्चार डबली
  • सोमबार, पुस २८ २०८२
  • 4.4K
    SHARES

  • images
    आजको लागि विदेशी मुद्राको विनिमयदर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । 

    युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८० रुपैयाँ ४१ पैसा कायम गरिएको छ । 

    अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९१ पैसा, सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रुपैयाँ २९ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ १२ पैसा र बिक्रीदर नौ रुपैयाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६३ पैसा र बिक्रीदर २० रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । 

    साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा तोकिएको छ । 

    मलेसियन रिंगेट एकको खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५ रुपैयाँ ७० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ८० पैसा र बिक्रीदर ४७२ रुपैयाँ ७६ पैसा तोकेको छ । 

    बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४९ पैसा रहेको छ । 

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको  छ ।
            
    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend