२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सार्वजनिक खरिद ऐन संशोधन गर्ने विषयबारे सरकार गम्भीर भएर लाग्ने :  प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • बुधबार, साउन ३ २०८०
  • 9.7K
    SHARES

  • images
    सार्वजनिक खरिद ऐन संशोधन गर्ने विषयबारे सरकार गम्भीर भएर लाग्ने :  प्रधानमन्त्री दाहाल

     

    काठमाडौ, ३ साउन । सार्वजनिक खरिद ऐन संशोधन गर्ने विषयबारे सरकार गम्भीर भएर लाग्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवद्धता जनाएका छन् । आज काठमाडौंमा आयोजित नेपाल इञ्जिनियर एशोसिएसनको ६१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले इन्जिनियर्सहरुका समस्याका साथै भौतिक पूर्वाधारको विकास बारेमा देखिएका सम्स्याको समाधान गर्न आफू प्रतिवद्ध रहेको बताएका हुँन् ।

    प्रधानमन्त्री दाहालले पूर्वाधार विकास क्षेत्रमा देखिएका समस्या समाधानका लागि सार्वजनिक खरिद ऐन संशोधन गम्भीर रुपमा छलपफल गरेर छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् ।

    प्रधानमन्त्री दाहालले आजको मन्त्रिपरिषद्को बैठकमा समेत भौतिक पूर्वाधार निर्माणका सम्बन्धमा छलफल गरेको जानकारी गराउँदै भने,‘आज विहानको मन्त्रिपरिषद्को बैठकमा इन्जिनियर्सहरुका समस्या र भौतिक पूर्वाधार विकासका समस्याबारे, सार्वजनिक खरिद ऐनलाई संशोधन गर्ने विषयबारे र प्राविधिक त्रुटिसंग संबन्धित विषय तथा इन्जिनियर्सहरुको न्युनतम पारिश्रमिकको विषयमा गम्भिरतापूर्वक छलफल गरेर हामी छिट्टै एउटा महत्वपूर्ण निर्णय गर्न जाँदैछौं ।’

    विकास र पूर्वाधार विना आर्थिक उन्नति सम्भव नरहेको बताएका उनले एशोसिएसनले यो वर्षको लागि तय गरेको नारा समेत समसामयिक रहेको टिप्पणी गरे । त्यस्तै उनले सरकारसंग कम स्रोत रहेकाले निजी क्षेत्रलाई लगानी बढाउन आवहन गरे । दाहालले हरेक क्षेत्रको गुणात्मक विकास र प्रवद्र्धनका लागि आफू लागिपरेको चर्चा गरे ।

    कार्यक्रममा विभिन्न नौ विधामा इन्जिनियरिङ क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिएको छ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड नेपाल इन्जिनियरिङ एशोसिएसनका पूर्व अध्यक्ष भोजराज रेग्मीलाई प्रदान गरिएको छ ।

    यस्तै, शहीद इन्जिनियर मेमोरियल अवार्डबाट ई.सचिन्द्र कुमार देव,आउटस्ट्याण्डिङ ओमन इन्जिनियर अवार्ड ई।शुभलक्ष्मी श्रेष्ठ, आउटस्ट्याण्डिङ युथ प्रोफेसनल अवार्ड ई.अमित अग्रवाल ,इञ्पिनियरिङ एकेडेमी एक्सिलेन्सी अवार्डबाट प्राडा नरेन्द्रमान शाक्य लगायतका विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend