२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई ओम हस्पिटलमा छुट


सञ्चार डबली
  • शुक्रबार, पुस २५ २०८२
  • 2.4K
    SHARES

  • images
    नेपाल बैंकका ग्राहक र कर्मचारीलाई ओम हस्पिटलमा छुट

    काठमाडौं । नेपाल बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच छुट सम्झौतामा हस्ताक्षर भएको छ।

    पुस २३ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवार र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं चाबहिलमा रहेको ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।

    सो सम्झौता बमोजिम बैंकका कर्मचारीहरू, कर्मचारीका परिवार र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

    सो सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ओम हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका छन्। यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरू सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend