२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै बरुण हाइड्रोपावर


सञ्चार डबली
  • बुधबार, साउन ३ २०८०
  • 11.6K
    SHARES

  • images
    शतप्रतिशत हकप्रद सेयर जारी गर्दै बरुण हाइड्रोपावर

    काठमाडौ, ३ साउन । बरुण हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न साउन १४ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँमा शतप्रतिशत (१ः१) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्नेछ।

    यस्तै, कम्पनीको ठेगाना परिवर्तन गर्न र पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । बरुणले हकप्रद सेयर बिक्री गर्न नियामक विद्युत् नियमन आयोगबाट स्वीकृति पाइसकेको जनाएको छ । अब विशेष सभाबाट प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद सेयर जारी हुनेछ ।

    हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ । विशेष साधारण सभा लर्ड पार्टी भेन्यू, धुम्बराही काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले शुक्रबार साउन ५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, बिहीबार साउन ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend