२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, ८ गते स्वदेश फर्कने


सञ्चार डबली
  • बुधबार, साउन ३ २०८०
  • 9.1K
    SHARES

  • images
    एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, ८ गते स्वदेश फर्कने

     

    काठमाडौ, ३ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडियाको निर्वाचन अवलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । साउन ७ गते त्यहाँ हुने निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राती त्यसतर्फ गएका हुन् । पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमालसहितका टोलीका साथ कम्बोडिया प्रस्थान गरेका ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

    त्यस्तै, उपाध्यक्षसमेत रहेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई कार्यवाहक संसदीय दलको नेताको जिम्मेवारी दिइएको सचिवालयले जनाएको छ । एमाले अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्किने छन् । ओली त्यहाँ रहँदा एसियाली पार्टीहरूको सम्मेलनसहित विभिन्न भेटघाटमा सहभागि हुने उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend