२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपालमा शाखारहित बैंकिङ सेवा घट्दै, डिजिटल बैंकिङको प्रयोग तीव्र वृद्धि


सञ्चार डबली
  • बुधबार, पुस २३ २०८२
  • 3.8K
    SHARES

  • images
    नेपालमा शाखारहित बैंकिङ सेवा घट्दै, डिजिटल बैंकिङको प्रयोग तीव्र वृद्धि

    काठमाडौं। नेपालमा बैंकिङ सेवाको स्वरूप तीव्र रूपमा डिजिटलतर्फ रूपान्तरण हुँदै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार परम्परागत शाखारहित बैंकिङ सेवा क्रमशः संकुचित हुँदै गएको छ भने मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा बढ्दो छ।

    चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म देशभर सञ्चालनमा रहेका शाखारहित बैंकिङ सेवा केन्द्रको संख्या घटेर ८ सयमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा भने १ हजारभन्दा बढी यस्ता केन्द्र सञ्चालनमा थिए। हाल सञ्चालनमा रहेका केन्द्रमध्ये ७९६ वाणिज्य बैंकका र ४ विकास बैंकका छन् भने फाइनान्स कम्पनीका कुनै पनि शाखारहित सेवा केन्द्र छैनन्।

    शाखारहित सेवा केन्द्र घटेसँगै प्रयोगकर्ताको संख्या पनि घटेर २ लाख ७६ हजार ५५५ मा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो।

    तर, डिजिटल बैंकिङ सेवाप्रतिको आकर्षण भने झनै बढ्दो छ। मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या हाल २ करोड ८६ लाख नाघेको छ, जसमा सबैभन्दा बढी ग्राहक वाणिज्य बैंकसँग आबद्ध छन्। त्यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि २३ लाखभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो।

    राष्ट्र बैंकको तथ्यांकले बैंकिङ सेवा अब शाखा वा भौतिक केन्द्रमा सीमित नरही मोबाइल र इन्टरनेटमार्फत घरदैलोमै पुग्ने चरणमा प्रवेश गरिसकेको देखाएको छ। डिजिटल पहुँच विस्तारसँगै बैंकिङ प्रणाली थप सहज, छरितो र प्रविधिमैत्री बन्दै गएको संकेत पनि तथ्यांकले दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend