काठमाडौं । लक्ष्मी सनराइज बैंकको कार्डसम्बन्धी सेवा केही समयका लागि अवरुद्ध हुने भएको छ। बैंकका अनुसार प्रणाली स्तरोन्नतिको कामका कारण आज राति करिब ६ घण्टा कार्ड सेवा अवरुद्ध हुने भएको हो।
बैंकले जारी गरेको सूचनामा हाल प्रयोगमा रहेको कार्ड स्विचमा आवश्यक सुधार गर्नुपर्ने भएकाले अस्थायी रूपमा सेवा बन्द गर्न लागिएको उल्लेख छ। तय गरिएको समयअनुसार २०८२ पुस २३ गते राति १० बजेदेखि पुस २४ गते बिहान ४ बजेसम्म कार्डसँग जोडिएका सबै कारोबार अवरुद्ध हुनेछन्।
यस अवधिमा डेबिट, क्रेडिट तथा डलर कार्ड प्रयोग गरी गरिने भुक्तानी सम्भव नहुने बैंकले जानकारी दिएको छ।



