२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित, बैंकको प्रतिबद्धतालाई सम्मानले सुदृढ बनाएको सिइओको प्रतिक्रिया


सञ्चार डबली
  • सोमबार, पुस २१ २०८२
  • 3.4K
    SHARES

  • images
    नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित, बैंकको प्रतिबद्धतालाई सम्मानले सुदृढ बनाएको सिइओको प्रतिक्रिया

    काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायकको रूपमा यो सम्मान प्रदान गरिएको हो ।

    आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितीमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरेका थिए । 

    बैंक तथा बिमा क्षेत्रसहित वित्तीय क्षेत्रमार्फत नेपालको आर्थिक विकासमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप नबिल बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

    चार दशकभन्दा बढी समयदेखि नबिल बैंकले वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन तथा प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीमार्फत नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गर्दै आएको छ ।

    गुणस्तरीय वित्तीय सेवामा पहुँच विस्तार, देशव्यापी डिजिटल बैंकिङ सेवा, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन र राष्ट्रिय राजस्वमा उल्लेखनीय योगदान नबिल बैंकका प्रमुख उपलब्धिहरू हुन् ।

    सम्मानप्रति प्रतिक्रिया दिँदै नबिल बैंकका सीइओ ज्ञवालीले भने, “विकास नायक २०८२ सम्मान प्राप्त गर्नु नबिल बैंकका लागि गर्वको विषय हो । यो सम्मान नबिल बैंकको चार दशक लामो राष्ट्र निर्माण यात्राको कदर पनि हो ।” उनले थपे, “वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन, रोजगारी सृजना, राजस्वमा दिइएको टेवा, ऊर्जा तथा पूर्वाधार विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्ने हाम्रो प्रतिबद्धतालाई यसले थप सुदृढ बनाएको छ ।”

    समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनालाई यस्तो सम्मानले आधार दिएको बताउँदै उनले यस्तो सम्मानले देश विकासमा अझ टेवा पुर्याउन उर्जा प्रदान गरेको बताए ।  

    नेपालको बैंकिङ रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै नबिल बैंक सन् १९८४ मा पहिलो संयुक्त लगानी बैंकको रूपमा स्थापना भएको थियो । 

    पहिलो कम्प्युटराइज्ड बैंकको सुरुवात गर्दै बैंकिङमा नयाँ आयाम थपेको नबिल बैंकले आफ्नो सेवाको गुणस्तर, कार्यक्षमता र नवप्रवर्तनमा नयाँ मापदण्ड स्थापित गरेको छ । 

    एनबैंक एप जस्ता डिजिटल प्लेटफर्ममार्फत समय, दूरी र लागत घटाउँदै सेवाबाट बञ्चित समुदायसम्म बैंकिङ सेवा विस्तार गरेको छ । 

    ऊर्जा तथा पूर्वाधार विकासमा नबिल बैंक राष्ट्रिय अर्थतन्त्रको प्रमुख उत्प्रेरक रहँदै आएको छ । 

    सन् १९९८ मा जलविद्युत् क्षेत्रमा लगानी गर्ने पहिलो वाणिज्य बैंक बनेको नबिलले ऊर्जा क्षेत्रमा करिब रु।७५ अर्ब प्रतिबद्धता गर्दै ३,१०० मेगावाटभन्दा बढी ऊर्जा परियोजनामा वित्तीय सहयोग गरेको छ। 

    जलविद्युत्, सौर्य ऊर्जा, नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, राष्ट्रिय गौरवका आयोजनामा कन्सोर्टियम वित्तपोषणमार्फत बैंकले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ।

    राष्ट्रिय राजस्वमा बलियो योगदान पुर्याउँदै नबिल बैंक वित्तीय क्षेत्रकै आठ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भइसकेको छ। पारदर्शिता, सुशासन तथा औपचारिक अर्थतन्त्र प्रवद्र्धनमा बैंक निरन्तर प्रतिबद्ध छ।

    बैंकिङभन्दा पर सामाजिक उत्तरदायित्वमा पनि नबिल बैंक सक्रिय छ। विपद् प्रतिक्रिया, शिक्षा, स्वास्थ्य तथा वित्तीय साक्षरतामा योगदान गर्दै आएको बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपमार्फत १९३ उद्यमलाई सहयोग गर्दै १७ हजारभन्दा बढी रोजगारी सिर्जना गर्न योगदान गरेको छ।

    नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

    विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend