२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

महालक्ष्मी विकास बैंकले परिमार्जित सुनचाँदी धितो कर्जा दिने


सञ्चार डबली
  • बिहीबार , पुस १७ २०८२
  • 3.3K
    SHARES

  • images
    महालक्ष्मी विकास बैंकले परिमार्जित सुनचाँदी धितो कर्जा दिने

    काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधा रहने गरी परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ ।

    नेपाली बजारमा सुन तथा चाँदीप्रति आकर्षण बढेको भन्दै सुनचाँदी गर्जो टार्नेमात्र नभई लगानीका रूपमा पनि प्रयोग गर्न सकिने विकल्प समेत हेरिएको कम्पनीले जनाएको छ ।

    सोही अनुसार बैंकले विशेष सुविधा सहित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको जानकारी दिएको छ । कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिबद्धता सहित यो सुविधा बैंकले प्रदान गर्ने भएको हो ।

    यस अन्तर्गत ग्राहकले प्रतिस्पर्धी ब्याजदरमा नै सुनचाँदी धितोमा कर्जा उपभोग गर्न सक्नेछन् । कुनै पनि आधिकारिक विक्रेताबाट सुनचाँदी खरिद गर्न बैंकले कर्जा प्रदान गर्ने छ । यो योजना अन्तर्गत कर्जाको अधिकतम सीमा ५० लाख हुनेछ ।

    बैंकले आफ्ना ग्राहकलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्य अनुरूप हाल यो सेवा न्युरोड (काठमाडौं), न्युरोड (पोखरा), महाराजगञ्ज, हेटौंडा, भैरहवा शाखामार्फत प्रदान गरिने जनाएको छ ।

    सुनचाँदी कर्जाको निवेदन भने जुनसुकै शाखा कार्यालय मार्फत पेस गर्न सकिने छ । ग्राहकको वित्तीय व्यवस्थापन थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहकहितमा केन्द्रित रही विभिन्न अवसर तथा चाडपर्वमा नवीन सेवा उपलब्ध गराँउदै जाने बैंकले जनाएको छ ।

    ‘सबल बैंक, सफल सहकार्य’ नारासहित ३१ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभरि करिब ८ लाखभन्दा बढी ग्राहक छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend