काठमाडौं । ललितपुर महानगरपालिका-१४ टुटेपानीस्थित कुमारी बैंकको एटिएममा तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरका सरोज पाख्रिन र सिन्धुपाल्चोकका सुनिल बिक रहेका छन्। बैंकको एटिएममा तोडफोड भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चापागाँउ दोबाटोबाट पक्राउ गरेको हो।
उनीहरूलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


