२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल राष्ट्र बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन


सञ्चार डबली
  • बिहीबार , पुस १७ २०८२
  • 3.3K
    SHARES

  • images
    नेपाल राष्ट्र बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस १६ गते निष्काशन गरेको ऋणपत्रमा दोब्बर आवेदन परेको छ । केन्द्रीय बैंकले हिजो २५ अर्बको ऋणपत्र निष्काशन गरेकोमा बैंक तथा वित्तीय संस्थाले ५१ अर्ब बढीको लागी आवेदन दिएका हुन् ।

    केन्द्रीय बैंकले यसअघि निष्काशन गरेको ऋणपत्रमा पनि मागभन्दा बढीका लागी आवेदन परेको थियो । पुस १४ गते निष्काशन गरिएको ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले सो ऋणपत्रका लागि १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

    नेपाल राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्रको लगानीयोग्य रकम केही समय नघट्ने देखेपछि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा उपकरणमार्फत बैंकिङ्ग प्रणालीबाट पैसा उठाउँदै आएकोमा दीर्घकालीन व्यवस्थापनका लागि ऋणपत्र जारी गर्न थालेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend