२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पुस २५ देखि आईपीओ निष्कासन गर्दै पाल्पा सिमेन्ट इण्डष्ट्रीज


सञ्चार डबली
  • बिहीबार , पुस १७ २०८२
  • 4.0K
    SHARES

  • images
    पुस २५ देखि आईपीओ निष्कासन गर्दै पाल्पा सिमेन्ट इण्डष्ट्रीज

    काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुस २५ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गर्न लागेको हो ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर -प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ+ निष्कासनका लागि अनुमति पाएको थियो । सो स्वीकृतिअनुसार पहिलो चरणमा जारी शेयरमध्ये आयोजना प्रभावित क्षेत्र पश्चिम नवलपरासी -साविक नवलपरासी जिल्ला- तथा खानी रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि ५ प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गरिनेछ । यसको कुल रकम १८ करोड ७५ लाख रुपैयाँ हुनेछ ।

    यसैगरी, बाँकी ५६ लाख २५ हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीका लागि छुट्टाइएको शेयर सम्पूर्ण बिक्री नभएमा सो बराबरको शेयर समायोजन गरी सर्वसाधारणमा निष्कासन गरिने पनि कम्पनीको भनाइ छ ।

    आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली दुवैले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend