२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

शेष घले समूह प्रधानमन्त्रीको रोहवरमा भएको सहमतिबाट पछि हट्यो


सञ्चार डबली
  • मंगलबार, साउन २ २०८०
  • 8.5K
    SHARES

  • images
    शेष घले समूह प्रधानमन्त्रीको रोहवरमा भएको सहमतिबाट पछि हट्यो

     

    काठमाडौं, २ साउन । शेष घले समूह गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं महाधिवेशनमा सहभागी नहुने भएको छ।संस्थापन पक्षले सहमति अनुसारका शर्त पालना नगरेको भन्दै घले समूह एकता प्रक्रियाबाट पछि हटेको हो।सोमबार सम्पन्न बैठकले विभिन्न एजेण्डामा छलफल गर्दै तीन वटा निणर्य गरेको घले समूहका सचिव कृष्ण केसीले जनाएका छन्।

    एक १ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको रोवहरमा दुवै पक्षबीच आगामी महाधिवेशन एउटै थलोमा गर्ने सहमति भएको थियो। दशौं महाधिवेशन एकताको महाधिवेशन हुन नसकेको स्वीकार गर्दै एघारौं महाधिवेशन सहमति, सहकार्य र एकताको अधिवेशन बनाउने संकल्पसहित दुवै पक्षबीच ७ बुँदे सहमति भएको थियो।

    सहमतिपत्रमा एनआरएनएका अध्यक्ष बद्री केसी, अर्को पक्षका अध्यक्ष विनोद कुँवर, उपाध्यक्ष जानकी गुरुङ र केसी पक्षका उपाध्यक्ष डीबी क्षेत्री तथा आरके शर्माले हस्ताक्षर गरेका थिए। तर, घले समूहले भने संस्थापन पक्षले सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै यसबारेमा सरकारका प्रतिनिधिलाई जानकारी गराउने जनाएको छ।

    ‘एकताको ११ औं महाधिवेशनबारेमा अर्को पक्षसँगको संयुक्त बैठकमा भएका ७ वटा निर्णयमध्ये हामीले विश्वभरि नै पहलको पालना गरेको तर, अर्कोपक्षले कार्यान्वयन नगरेकाले सबै कुराको प्रतिवेदनसहित नेपाल सरकारलाई जानकारी गराउने,’ बैठकमा निर्णय भएको छ। यसअघि राष्ट्रिय समितिहरूका दुवै पक्ष मिलेर गर्ने सहमति भएको थियो। तर, संस्थापन पक्षले आफूहरूसँग सहमति पालना नगरी एकलौटी ढंगले एनसीसीको अधिवेशन गरिरहेको घले पक्षको तर्क छ।

    ुराष्ट्रिय महाधिवेशन सम्बन्धमा तत्काल विश्वभरीका सबै एनसीसीहरू सम्मानजनक रुपमा एकता हुने अवस्था नदेखिएकाले एनसीसीहरूले आफ्नो देशको परिस्थिति र विधान अनुसार सदस्यता खुला गर्दै राष्ट्रिय महाधिवेशनको तयारी गर्ने। यसका लागि आरसीसीहरुले पहल गर्ने,’ बैठकको निर्णय छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend