२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

लक्ष्मी सनराइज बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न


सञ्चार डबली
  • सोमबार, पुस १४ २०८२
  • 3.6K
    SHARES

  • images
    लक्ष्मी सनराइज बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा आज पुस १४ गते सम्पन्न सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ । 

    उक्त सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ । 

    आर्थिक वर्ष २०८१/८२ मा रु ३७१ अर्ब निक्षेप र रु २८७ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ । सो आवमा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend