२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पुराना पार्टीका कारणले विदेशीने बढे भनेर एमालेलाई समेत जोड्ने प्रयास गर्नु कु–प्रचार होः शंकर पोखरेल


सञ्चार डबली
  • मंगलबार, साउन २ २०८०
  • 9.7K
    SHARES

  • images
    पुराना पार्टीका कारणले विदेशीने बढे भनेर एमालेलाई समेत जोड्ने प्रयास गर्नु कु–प्रचार होः शंकर पोखरेल

    काठमाडौं, २ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरु राष्ट्रिय पार्टीको रुपमा उदय भए पछि विदेशिनेको संख्या बढेको आरोप लगाएका छन् । नेकपा एमालेको सरकार हुाँदा विदेशिनेको संख्यामा कमी आएको दावी गर्दै महासचिव पोखरेलले पुराना पार्टी भनेर एमाले नजोडन आग्रहसमेत गरेका छन ।

    ‘नेकपा एमाले सरकारमा आउदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारवाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ,’ पोखरेलले भने, ‘तर, तथ्यहिन रुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा (एमाले) लाई समेत जोड्ने प्रयास गर्नु कु–प्रचार हो।

    उनले विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरुले राष्ट्रिय मान्यता पाएको पार्टी आए पछि थप समस्या भएको बताएका छन । ‘विदेशमा गएकाहरुलाई देश फर्काउछौ भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिए तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदयभएपछि नै विदेशीनेको संख्या झनै वढ्यो,’ उनले भनेका छन, ‘के यसको जिम्मेवारी नेकपा (एमाले) ले नै लिनुपर्ने हो र ? त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाडिनुभन्दा एजेण्डाका आधारमा ठिक र वेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend