२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

३६६ दिनका लागि मुद्दति निक्षेपमा साढे ५ अर्ब लगानी गर्दै केन्द्रीय बैंक


सञ्चार डबली
  • सोमबार, पुस १४ २०८२
  • 4.6K
    SHARES

  • images
    ३६६ दिनका लागि मुद्दति निक्षेपमा साढे ५ अर्ब लगानी गर्दै केन्द्रीय बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा साढे ५ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ५ अर्ब ५५ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। 

    यसका लागि पुस १७ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

    कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ४ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ८३ करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २७ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ।

    यो लगानी ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend