२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अर्थमन्त्री डा.प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता


सञ्चार डबली
  • मंगलबार, साउन २ २०८०
  • 10.0K
    SHARES

  • images
    अर्थमन्त्री डा.प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता


    काठमाडौ, २ साउन । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्री स्तरीय बैठकको क्रममा अर्थमन्त्री डा.महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता भएको हो । द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्बन्ध रहेको कुरा दुवै मन्त्रीहरूले व्यक्त गरेका छन् ।

    एक अर्काको चासो र सरोकार प्रति दुवै पक्ष सम्वेदनशील रहेको वारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो । मन्त्री महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन । सन् २०१९ मा चीनका राष्ट्रपतिले गर्नु भएको नेपालको भ्रमणकाक्रममा उहाँले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकोमा कोभिड–१९ को कारणले समयमा अगाडी बढ्न नसकेकोमा अब चाँडै अगाडी बढ्ने विस्वाससमेत व्यक्त गरेका छन् ।

    उक्त भेटका अवसरमा मन्त्री महतले नेपाल र चीन बीचका महत्वपूर्ण सीमा नाकाहरूबाट दुई देश जोड्ने सडक परियोजनाहरु सहयोगको महत्वपूर्ण क्षेत्र हुन सक्ने र दुवै देशका सम्बन्धित निकायहरूले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विस्वास व्यक्त गरे । सुरुङ मार्गको प्रसङ्गमा टोखा–छहरे सुरुङ मार्ग चाँडो कार्यान्वयनमा आउने आशा व्यक्त गरे । चिनियाँ अर्थमन्त्रीले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजनाहरू चाँडै कार्यान्वयनमा आउने विस्वाससमेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend