२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न: १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरू सम्मानित


सञ्चार डबली
  • शनिबार, पुस १२ २०८२
  • 4.4K
    SHARES

  • images
    सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न: १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरू सम्मानित

    काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाकालको २३ औँ वर्ष पूरा गरेको छ । १७औँ वाणिज्य बैंकको रूपमा २०५९ सालमा स्थापना भएको सिद्धार्थ बैंकले एक कार्यक्रमको आयोजना गरी २३औँ बार्षिकोत्सव मनाएको हो ।

    बैंक सञ्चालनको २३ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा का.मु.प्रमुख कार्यकारी अधिकृत लगायत बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य रूपमा मनाएको छ । 

    सो अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रमका साथै बैंकमा कार्यरत रहि १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई सम्मान पनि गरेको छ । 

    उक्त अवसरमा बैंकले देशका विभिन्न स्थानहरु; विराटनगर, दमक, वीरगंज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी गरी एघार स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै, ग्राहक महानुभावहरु एवं स्थानीयवासीहरु (४३४ पुरुष र ५४ महिला) गरी जम्मा ४८८ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । 

    बैंकले आफ्नो २३ वर्षे यात्रालाई स्मरण गर्दै आयोजना गरिएका यी कार्यक्रमहरुले संस्थागत एकता, कर्मचारीहरूको मनोबल अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend