२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि जारी रहने


सञ्चार डबली
  • मंगलबार, साउन २ २०८०
  • 7.8K
    SHARES

  • images
    एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि जारी रहने

    काठमाडौं, २ साउन । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक जारी छ ।गत शुक्रबार देखी जारी भएको केन्द्रिय सचिवालय बैठक आज पनि बस्न लागेको हो । सचिवालयका सदस्यहरुले बोल्ने क्रम बाँकी रहेकाले बैठक आजसम्म लम्बिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    उनका अनुसार आजको बैठक बिहान ९ बजे देखी सुरु हुनेछ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा उक्त बैठक बस्नेछ ।

    समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा हिजो सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा.विजय पौडेल र डा.गंगालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।आजको बैठक अन्य नेताहरुले धारणा राख्ने छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend