२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त


सञ्चार डबली
  • बिहीबार , पुस १० २०८२
  • 4.6K
    SHARES

  • images
    एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त

    काठमाण्डौ । लामो समयदेखि बैंक तथा वित्तीय क्षेत्रमा अनुभव हासिल गरेका अशोक कुमार अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष पदमा नियुक्त भएका छन्। पुस ९ गते बसेको सञ्चालक समितिको ७४४औं बैठकले आजदेखि लागू हुने गरी अग्रवाललाई अध्यक्ष पदमा चयन गरेको हो।

    नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर प्राडा विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

    बैंकले जनाएको अनुसार अग्रवालले बैंक, वित्तीय संस्था, बीमा तथा कर्पोरेट क्षेत्रमा उल्लेखनीय अनुभवका साथ सफल नेतृत्व प्रदान गर्दै मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्।

    उनको उच्च नेतृत्व क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिमा आधारित दीर्घकालीन योजनाले बैंकलाई आगामी दिनमा थप उपलब्धि हासिल गराउने र प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend