२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राष्ट्रिय वाणिज्य बैंक सम्मानित


सञ्चार डबली
  • बिहीबार , पुस १० २०८२
  • 3.9K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंक सम्मानित

    काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय वाणिज्य बैंकलाई दुई फरक विधामा सम्मान प्रदान गरेको छ। डिजिटल भुक्तानी र प्रविधिमैत्री सेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बैंकलाई एकसाथ दुई अवार्ड दिइएको हो।

    काठमाडौंमा आयोजित विशेष समारोहमा बैंकलाई सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने र सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकको रूपमा पुरस्कृत गरियो। उक्त सम्मान बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले ग्रहण गरे। सरकारी स्वामित्वको यस बैंकले पछिल्लो समय प्रविधिमा आधारित सेवालाई व्यापक बनाउँदै लगेको छ।

    सम्मान ग्रहणपछि बैंकले आगामी दिनमा पनि डिजिटल बैंकिङको प्रवर्द्धन, सुरक्षित भुक्तानी प्रणाली र ग्राहक केन्द्रित सेवामा थप प्रतिबद्ध भएर लाग्ने जनाएको छ। नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपाल क्लियरिङ हाउसले हरेक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने वित्तीय संस्थाहरूलाई प्रोत्साहनस्वरूप यस्तो सम्मान प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend