२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरू सम्पन्न


सञ्चार डबली
  • बुधबार, पुस ९ २०८२
  • 4.4K
    SHARES

  • images
    महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरू सम्पन्न

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासको कार्तिक र मंसिर महिनामा विभिन्न्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।

    वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण / सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरूप बैंकले उक्त कार्यक्रमहरू सम्पन्न गरेको हो । 

    जस अन्तर्गत बैंकले जेष्ठ नागारिक चौतारी, ठेचो, ललितपुरलाई सुदुरपश्चिम प्रदेशको हुम्ला जिल्लाका जेष्ठ नागरिकहरूको पूर्ण स्वास्थ्य परिक्षण सहितको स्वास्थ्य शिविर सञ्चालन गर्न तथा नसर्ने रोगहरूको रोकथाम सम्बन्धी कार्यशाला सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ । 

    त्यसैगरी भदौ महिनामा आन्दोलनको क्रममा क्षेतिग्रस्त भएको प्रहरी वृत सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य गर्नको लागि ५ थान कम्प्युटर सेट तथा ५ थान टेबल बैंकले प्रदान गरेको छ ।

    साथै, हुम्ला जिल्लाको सदुरमुकाम सिमकोटदेखि ४४ कोष दक्षिण पुर्वको अदानचुली गाउँपालिका वडा न. १ का ६५ घरधुरीका दलित समुदायमा रहेका हलिया, लगी र खलोको रूपमा जीविकोपार्जन गरिरहेको विपन्न वर्गका मानिसहरू, अनाथ बालबालिका, एकल महिला, एकल पुरूषहरूलाई खाद्यान्न पु-याउने गरी एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र, सिमकोट, हुम्लालाई आर्थिक सहयोग गरेको छ ।  

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बागलुङ्ग जिल्लामा रहेका भुकृटी माध्यमिक विद्यालय र श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, झापा जिल्लामा रहेका श्री पृथ्वी माध्यमिक विद्यालय र श्री अरनिको माध्यमिक विद्यालय, श्री गणेशसुर्य आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूलाई सुरक्षित र सहज रूपमा शौचालय सुविधा प्रदान गर्नको लागि आधुनिक शौचालय निर्माण गर्ने गरी विभिन्न रोटरी क्लबहरूमार्फत र्बैंकले आर्थिक सहयोग गरेको छ । 

    साथै, बालकुमारी आधारभुत विद्यालय, सैंबु, ललितपुरमा अध्ययतरत १८० जना विद्यार्थीहरूलाई जाडोबाट बच्नको लागि १८० थान न्यानो कपडा वितरण गरेको छ । त्यसै गरी गोरखा जिल्लाको विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई मुनलाइट सोसाइटी नेपाल, गोरखाको सहकार्यमा विभिन्न शैक्षिक सामाग्रीहरू वितरण गरिएको बैंकले जनाएको छ । 

    बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend