२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले बुझाइन् सम्पत्ति विवरण


सञ्चार डबली
  • सोमबार, साउन १ २०८०
  • 7.8K
    SHARES

  • images
    राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले बुझाइन् सम्पत्ति विवरण

     

    काठमाडाैं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छन् । साेमबार उपाध्यक्ष अर्यालले सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन् । उनले बुझाएको सम्पत्ति विवरणको दर्ता नं. १ रहेको छ। सम्पत्ति विवरण बुझाउँदै उनले आफ्नो सम्पत्ति सार्वजनिक पनि गरेकी छन् । 

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनको लागि सार्वजनिक पदमा रहेका हरेक व्यक्तिले हरेक आर्थिक वर्षको व्यक्तिगत सम्पत्ति विवरण बुझाउनु पर्ने हुन्छ।

    यसैबीच संघीय संसद सचिवालयले एक सूचना प्रकाशित गरी साउन १ गतेदेखि भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन संघीय संसदका दुवै सदनका सदस्यहरुलाई अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend